दफा ८७
सहयोग गर्नुपर्ने
भन्सार अधिकृत वा भन्सार कार्यालयका अन्य कर्मचारीले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम आफ्नो कर्तव्य पालन र अधिकार प्रयोग गर्दा कुनै सरकारी कर्मचारी, प्रहरी वा वित्तीय संस्थासँग कुनै प्रकारको सहयोग, सूचना वा मद्दत माग गरेमा त्यस्तो सहयोग, सूचना वा मद्दत दिनु त्यस्तो वित्तीय संस्था, प्रहरी वा कर्मचारीको कर्तव्य हुनेछ ।